• २४ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सिद्धार्थ माविमा तीन लाखको अक्षयकोष स्थापना




दाङ। रुकुम पश्चिमको वाफीकोट गाउँपालिका–६, मग्मास्थित श्री सिद्धार्थ जनता माध्यमिक विद्यालयमा तीन लाख रुपैयाँको ‘अमरसिंह छात्रवृत्ति’ अक्षयकोष स्थापना गरिएको छ।

कृषि, राजनीति तथा समाजसेवामा योगदान पुर्‍याउनुभएका स्वर्गीय अमरसिंह कुसारीको सम्झनामा उहाँका छोराहरु टेकबहादुर कुसारी, गोर्खा बहादुर कुसारी, नेत्र कुसारी र छोरीहरुले बुवाको मुख हेर्ने कुसे औंसीको अवसरमा औपचारिक कार्यक्रममार्फत चेक हस्तान्तरण गरी अक्षयकोष स्थापना गरेका हुन्।

विद्यालयमा अध्ययनरत जेहन्दार, विपन्न, गरीब तथा टुहुरा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको विद्यालयले जनाएको छ।

विद्यालयका प्रधानाध्यापक नदीराम केसीले स्व. कुसारीका छोराछोरी र नातिनातिनीप्रति आभार व्यक्त गर्दै अक्षयकोषले विद्यार्थीलाई शिक्षामा प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ। साथै, विद्यालयले आगामी दिनमा उहाँहरुलाई सम्मान गर्ने प्रतिबद्धता जनाएको छ।

Facebook Comments