दाङ । दाङ जिल्ला फोटोग्राफर एशोसिएसनले आफ्नो २५औं स्थापना दिवसको अवसरमा बुधबार घोराही उपमहानगरपालिका–१५ स्थित तुलसीपुर चोकमा दिप प्रज्वलन कार्यक्रम गरेको छ ।
कार्यक्रममा एशोसिएसनको वर्तमान कार्यसमिति, पूर्व पदाधिकारी, सदस्यहरू लगायतको उपस्थितिमा दिप प्रज्वलन गरिएको थियो ।
कार्यक्रमका वक्ताहरूले विगत २५ वर्षमा संगठनले फोटोग्राफरहरूको व्यवसायिक हकहित संरक्षण, सामाजिक उत्तरदायित्व र पेशागत मर्यादा उकास्न महत्वपूर्ण योगदान गरेको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त रुपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा एसोसिएसनका अध्यक्ष दुर्गा प्रसाद चौधरीको अध्यक्षतामा भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

