• २४ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
पत्रकार महासंघको महिला विभागद्वरा तीज मिलन कार्यक्रम सम्पन्न




घोराही । दाङको घोराहीमा तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा महिला विभागको आयोजनामा तीज मिलन कार्यक्रम तथा तीज, महिला स्वतन्त्रता र मिडिया अन्तरक्रिया कार्यक्रम बुधबार पत्रकार महासंघकै सभाहलमा सम्पन्न भएको हो ।

 

नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष तथा महिला विभाग प्रमुख नारायणी रजौरेको अध्यक्षता एवं नेपाल पत्रकार महासंका केन्द्रीय सचिव सविन प्रियासनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रियासनले तीज महिला दिदीबहिनीहरुको एक विशेष पर्व भएको बताउनुभयो । उहाँले तीज पर्वलाई  मौलिक संस्कार, संस्कृति र परम्परासँग जोड्नुपर्ने बताउनुभएको थियो । समाजको विकास र समय परिवर्तनसँगै तीजलाई समय अनुकूल बनाउदै सचेतना फैलाउने खालका कार्यक्रमहरु गर्नुपर्ने समेत उहाँको भनाइ  थियो ।

 

 

महासंघ दाङकी सदस्य सरिता चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाह, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव पाण्डव शर्मा  नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदी, प्रेस युनियनका केन्द्रीय उपमहासचिव सुलोचना गौतम, प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव लक्ष्मी आचार्य, प्रेस चौधरीका पर्व केन्द्रीय सदस्य सुदर्शन रिजाल, क्रान्तिकारी प्रेस संगठनकी केन्द्रीय सदस्य सुशीला आचार्यलगायतले हरितालिका तीजको शुभकामना व्यक्त गर्दै तीज पर्वको मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमको सञ्चालन महासंघकी सदस्य रमा नेपालीले गर्नुभएको थियो ।

Facebook Comments