दाङ। दाङको तुलसीपुरमा रहेको एक फर्निचर उद्योगमा आगलागी भएको छ ।
तुलसीपुर १२ पुकारपसलस्थित सिद्धिविनायक फर्निचर उद्योगमा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुर ५ ग लाइनका तारा बहादुर बस्नेतले संचालन गर्र्दै आएको सो उद्योगमा आज सोमबार दिउँसो करिब ३ : १० वजेतिर आगो लागेको थियो ।
प्रहरी, दमकल र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको इप्रका तुलसीपुरका सुचना अधिकारी सुर्य रानाले जानकारी दिनुभयो । आगलागीबाट मानवीय क्षति भने नभएको उहाँको भनाइ छ । आगलागीको कारण र क्षतिको विवरण संकलन भैरहेको सुचनाअधिकारी रानाले बताउनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।

