• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
रोल्पाबाट वडा अध्यक्षसहितको टोलि दाङ पुगेर भत्ता नवीकरण




बिरेन्द्र घर्ती
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा न. १ का वडा अध्यक्ष थमबहादुर घर्तीसहितको टोलिले अस्थायी रुपमा दाङ बस्दै आएका वडावासीहरुलाई दाङ पुगेर भत्ता नवीकरण गरेको छ ।
शनिवार अध्यक्ष घर्तीसहित वडा कृषि प्राविधिक खिमान खड्का, गाउँपालिका अध्यक्ष जनक पुनको निजी सचिवालय प्रमुख पारशमणि गिरी, वडाका स्थानीय समाजसेवि तिलबहादुर भण्डारी र दिलबहादुर घर्ती भत्ता नवीकरण गर्न दाङ पुगेका हुन् ।

रुन्टीगढी गाउँपालिका वडा नं. १ लिवाङ्गीआपको कार्यालयबाट दाङ पुगी शनिबार सामाजिक सुरक्षा भत्ता, ५ बर्ष मुनिका बालबालिकाको बाल पोषण भत्ता, अपाङ्गता भत्ता र एकल महिलाको भत्ता नवीकरण  गरिएको हो , भने अस्थायी रुपमा दाङ बस्दै आएका २५ जना बढीले सेवा लिएका छन् ।

वडा अध्यक्ष घर्तीका अनुसार बर्खाको समय भएकाले सेवाग्राही दाङबाट वडा कार्यालयसम्म पुग्न सास्ती हुने भएकाले उनीहरु अस्थायी रुपमा बस्दै आएको स्थानमा पुगेर सेवा प्रदान गरेको बताए ।

 

 

Facebook Comments