• ८ माघ २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुरुकुल एकेडेमीमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई भव्य स्वागत




दाङ। गुरुकुल एकेडेमीले कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत गर्दै एक भव्य कार्यक्रम सम्पन्न गरेको छ। शुक्रबार घोराहीस्थित होटेल माला इनमा आयोजित कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले नयाँ शैक्षिक सत्रका साथीहरूलाई हार्दिक स्वागत गरेका हुन्। कार्यक्रमको अध्यक्षता कक्षा १२ की छात्रा आयुषा अधिकारीले गर्नुभएको थियो। स्वागत मन्तव्य अञ्जली रोकाले प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा संचालन भिभिद अधिकारी, शिखा न्यौपाने र शुलभ गौतमले गरेका थिए।

कार्यक्रममा गुरुकुल एकेडेमीका प्लसटु संयोजक राजन अधिकारी, सहायक प्रधानाध्यापक महेन्द्र पौडेल, प्रधानाध्यापक डा. कृष्णराज डिसी, तथा विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। साथै विद्यार्थी प्रतिनिधि झरना र बर्षाले पनि आफ्ना विचार राखेका थिए।

नयाँ विद्यार्थीहरूलाई आत्मीयता र उत्साहको साथ स्वागत गरिएको कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। गीत, नृत्य लगायतका मनोरञ्जनात्मक कार्यक्रमले माहोल उत्साहपूर्ण बनाएको थियो । कार्यक्रमले नयाँ विद्यार्थीहरूमा विद्यालयप्रतिको आत्मीयता र आपसी सम्बन्ध सुदृढ गर्ने अपेक्षा राखिएको छ।

Facebook Comments