• २८ पुष २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
किताब किन पढ्ने अभियानको चौथो शृङ्खला गिठेपानी स्कूलमा




घोराही । अध्ययन मञ्च दाङले सुरु गरेको किताब किन पढ्ने अभियानको चौथो शृङखला शुक्रबार घोराहीमा सम्पन्न भएको छ ।घोराही–१८ स्थित श्री गिठेपानी आधारभूत विद्यालयमा आयोजित उक्त कार्यक्रममा अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीले विद्यार्थीहरुमाझ आफ्‌नो प्रस्तुति दिनुभएको थियो ।

‘विद्यार्थीलाई ग्रेड ल्याउनका लागि मात्र प्रोत्साहन गरियो तर एउटा असल मान्छे बन्नुपर्छ भन्नेतर्फ राम्रोसँग ध्यान दिइएन । तसर्थ अध्ययन मञ्च दाङ पठन संस्कृतिमा सुधार ल्याउन र समाजका लागि असल नागरिक बन्न अभिप्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रम गरिरहेको छ ।’ मञ्चका संयोजक बिसीको भनाइ थियो ।

विद्यालयका प्रधानाध्यापक गिरिप्रसाद भट्टराईले कार्यक्रममा बालबालिका उत्साहित बनेको र यस्ता कार्यक्रम निरन्तर हुनुपर्ने प्रतिक्रिया दिनुभयो । कक्षा पाँचदेखि आठसम्मका विद्यार्थी सहभागी रहेको उहाँले बताउनुभयो । ।

Facebook Comments