• २४ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नवआगन्तुक विद्यार्थीको स्वागत कार्यक्रम सम्पन्न




बासुदेव आचार्य
तुलसीपुर। दाङको तुलसीपुर–६, रझौरा स्थित रहेको हिमाल एकाडेमीमा कक्षा ११ मा भर्ना भएका नव आगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम आज सम्पन्न भएको छ।

कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा विद्यालयमा भएको कार्यक्रम कक्षा १२ की छात्रा आशिका चौधरीको सभापतित्व र विद्यालय सञ्चालक समितिका अध्यक्ष विनय कुमार मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरूले नृत्य, गीत, कविता, गजल र लाखेनाच लगायतका प्रस्तुति दिएका थिए।

प्रमुख अतिथि मिश्रले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै विज्ञान–प्रविधि र बालमैत्री शिक्षा विद्यार्थीहरूका लागि अपरिहार्य रहेको बताए। उनले छोटो समयमै शिक्षाक्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल हिमाल एकाडेमीको प्रशंसा गर्दै यो उपलब्धिमा विद्यालयका शिक्षक तथा कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको बताएका थिए।

विद्यालयका शिक्षाचार्य मधुसूदन केसीले शिक्षा संगै संस्कार र अनुशासन पनि विद्यार्थीको सफलता र विश्वस्तरको प्रतिस्पर्धात्मक क्षमताको आधार हुने बताए। कार्यक्रममा विद्यालयका शिक्षकहरू बासुदेव आचार्य, भीमलाल मरासेनी, दिपेन्द्र डाँगी लगायतले शुभकामना मन्तव्य दिएका थिए।

विद्यालयका हेडसर नवीन कुमार पराजुलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहजीकरण कक्षा १२ की छात्रा मुना बुढाथोकीले गरेकी थिइन्।

Facebook Comments