• २९ पुष २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङकी गायिका देवकला बस्नेतको तीज गीत ‘को आफ्नै को पराई चिन माया’ सार्वजनिक (भिडियो सहित)




दाङ। दाङकी लोकप्रीय गायिका देवकला बस्नेतको प्रस्तुति रहेको नयाँ तीज गीत ‘को आफ्नै को पराई चिन माया’ सार्वजनिक गरिएको छ । साउन १२ गते उनको आफ्नै युटुब च्यानल ‘देवकला बस्नेत’ मार्फत गीत सार्वजनिक गरेकी हुन् ।

गायिका देवकला बस्नेत र गायक खुमन अधिकारीको स्वरमा रहेको उक्त गीतमा शब्द तथा संगीत किरण बाबु पुनको रहेको छ । सङ्गीत संयोजन, मिक्सिङ तथा माष्टरिङ कुमार सानु पुनले गरेका छन् भने रेकर्डिङ सागर बाबु पुनले गरेका हुन् । गीत शंकरा स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोलाई निशान बानियाँले निर्देशन गरेका हुन् । रुबिना अधिकारी र सुरेश कोहलीको अभिनय रहेको भिडियोमा पारिवारिक सम्बन्ध, माया र सामाजिक यथार्थलाई देखाइएको छ ।

कोरियोग्राफी दावा लामा, छायांकन सुरेश श्रेष्ठ र टिम, सम्पादन, रङ मिलाउने तथा पोस्टर डिजाइनको काम असिम चन्द्र विश्वकर्माले गरेका छन् ।
निर्मला आचार्यले मेकअप गरेका छन् भने भरत गुरुङ व्यवस्थापकका रूपमा रहेका छन् । भिडियोको पोस्ट प्रोडक्सन पानस फिल्म्सले गरेको हो ।

गीतले महिलाहरूको भावना, चाडपर्वको सांस्कृतिक झल्को र समाजमा रहेको भेदभावप्रति सन्देश दिन खोजिएको छ ।

भिडियो

Facebook Comments