• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीको न्यायीक समितिबाट ८८ प्रतिशत विवाद मिलापत्र




दाङ। घोराही उपमहानगरपालिकाको न्यायीक समितिले ८८ प्रतिशत विवाद मिलापत्र गराउन सफल भएको छ । न्यायीक समितिले अघिल्लो आर्थिक वर्षको जिम्मेवारी सरी आएको २७ विवाद र गत आर्थिक वर्ष २०८१–०८२ मा दर्ता भएको १ सय ८ विवाद मध्ये ८८ प्रतिशत अर्थात १ सय १९ विवाद फछ्र्याैट गरेको छ ।

न्यायीक समिति संयोजक एवम् उपप्रमुख हुमा डिसीको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्य एवम् प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीको विशिष्ट आतिथ्यमा गत साउनदेखि असारमसान्तसम्म सम्पादित कार्यप्रगति बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमान्यायीक समितिमा दर्ता भएका उजुरीको न्यायीक ईजलासमम दुवै पक्षलाई राखेर छानबिन तथा छलफल गरि उल्लेख विवाद निरुपण गरिएको जानकारी गराईएको छ ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा १ र २ अनुसार देवानी प्रकृतिका मुद्दा उपर न्यायीक इजलासमार्फत न्याय निरुपण गर्ने क्रममा दफा १ अनुसार ३२ वटा, दफा २ अनुसारका ४२ वटा, अन्य उजुरी तथा निवेदन गरि ३४ वटा र आर्थिक वर्ष २०८०–०८१ बाट जिम्मेवारी सरी आएका २७ वटा विवाद गरि १ सय ३५ विवाद मध्ये १ सय १९ विवादको न्यायीक इजलासमार्फत मिलापत्र गरिएको र १६ वटा निवेदन प्रकृयामा रहेको न्यायीक समिति संयोजक डिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, दफा १ अनुसारका २५ वटा, दफा २ अनुसारका ४० वटा, अन्य उजुरी तथा निवेदनका २८ वटा एवम् अघिल्लो वर्षको जिम्मेवारी सरी आएको २६ वटा विवादको मिलापत्र भएको छ । अब १६ वटा विवाद मिलापत्र गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।

नगरप्रमुख चौधरीले कानूनी साक्षरतासँगै नागरिकलाई सहज रुपमा न्याय दिएर न्यायीक समितिले राम्रो काम गरिरहेको बताउनुभयो । घुम्ती न्यायीक शिविरमार्फत पनि पछिल्लो समय न्यायीक समितिले काम गर्दै लगेकोे हुँदा न्याय निरुपणको काम सहज भएको उहाँले बताउनुभयो ।कार्यक्रमको सहजीकरण कानुनी मामिला शाखा प्रमुख प्रतलाकुमारी देवकोटाले गर्नुभएको थियो ।

Facebook Comments