• २४ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुम्बिनी फटबल एकेडेमीको दोस्रो वार्षिकोत्सव




घोराही । पछिल्लो समय मोफसमा व्यवसायीक फुटबलरहरु उत्पादन गर्न लुम्बिनी फुटबल एकेडेमी घोराहीको भूमिका अहं भएको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।

लुम्बिनी फुटवल एकेडेमीको दोस्रो वार्षिकोत्सव उद्घाटन कार्यक्रममा सहभागि वक्ताहरुले आवासियरुपमा खेलाडीहरुलाई राखेर आफै फुटबल मैदान निर्माण गरी फुटबल प्रशिक्षण गराई रहेको लुम्बिनी फुटबल एकेडेमीले सञ्चालनमा आएको छोटो समयमा नै आश लाग्दो प्रगति देखाएको बताएका थिए । एकेडेमीले जिल्ला, प्रदेशमा हुने ठूला प्रतियोगितामा खेलाडीहरुलाई एकेडेमीको तर्फबाट प्रतियोगितामा सहभागि बनाएर ट्रफि समेत जित्ने अवस्थामा पुराएको र पछिल्लो समयमा युरोपमा समेत खेलाडीहरुलाई क्लबस्तरीय खेल खेलाउन लैजान लागि रहेकोमा एकेडेमीको प्रशंसा गरेका थिए ।

एकेडेमीका संचालक समीर वलीको अध्यक्षत्तामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले लुम्बिनी फुटबल एकेडेमीले फुटबलको विकासका लागि अतुलनीय कार्य गरिरहेको बताउँदै यस प्रकारको सक्रियता बढाई रहन अनुरोध गर्नुभएको थियो ।
विशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं
घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले लुम्बिनी फुटबल एकेडेमी नमूनाकारुपमा स्थापित भैसकेको बताउँदै यसको सक्रियताले सिंगो फुटबल क्षेत्रको विकासमा ठूलो योगदान हुने बताउनुभयो ।

महेन्द्र वहुमुखी क्याम्पसका उपप्राध्यापक सुन्दर गौतमले एकेडेमीको योजना अनि कार्यक्रमलाई प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । अभिभावक वसन्त जिएमले एकेडेमीको गतिशिलतालाई हेरेरै आफुहरुले आफ्ना बच्चालाई फुटबलतर्पm लगएको बताउनुभयो । प्राज्ञिक विद्यार्थी परिषद् नपालका केन्द्रीय सदस्य गणेश जैसीले फुटबलको विकासका लागि एकेडेमीले उच्चकोटीको काम
गरिरहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण समीक्षा लामीछानेले गर्नुभएको थियो ।

कार्यक्रममा एकेडेमीले सञ्चालन गरेका विभिन्न गतिविधिहरुमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार एवं प्रमाणपत्र, मेडल प्रदान गरिएको थियो । यसैगरी शुक्रबार विहान युरोपको डेनमार्कमा १६ वर्षमुनिका ५० देशका क्लवको सहभागिता रहने डाना कपमा खेल्नका लागि जान लागि रहेको खेलाडी एवं अफिसियलको टोलीलाई अभिभावक एवं अतिथिहरुहरुले हौसला बढाउँदै बिदाई गरेका थिए ।

Facebook Comments