• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लमही जेसीजद्वारा बृहत रक्तदान, खेलाडी शुभम खनाल सहित रक्तदाता सम्मानित




श्रवण कुमार यादव
देउखुरी। मानव सेवालाई जीवनको सर्वोच्च उद्देश्य मानेर सामाजिक कार्यमा निरन्तर क्रियाशील लमही जेसीजले आज शनिबारका दिन लमहीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

“मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल भाव बोकेर लमही जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी राम दिन चौधरीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी लमहीमा बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि लमही जेसीजका पूर्व अध्यक्ष तथा देउखुरी उद्योग वाणिज्य संघ लमहीका वर्तमान अध्यक्ष जेसी कमल जंग सिंह ठकुरी रहनु भएको थियो भने विशिष्ट अतिथिका रूपमा रेडक्रस सोसाइटी लमहीकी उपाध्यक्ष पूजा शर्मा सहभागी हुनु भएको थियो।

उक्त रक्तदान कार्यक्रममा कुल १९ जना सामाजिक सेवामा समर्पित व्यक्तिहरूले अमूल्य रक्तदान गर्नुभएको थियो। निरन्तर रुपमा रक्तदान गर्दै आएका चारजना आदरणीय व्यक्तित्वहरू जेसी बसन्त भण्डारी, सहाना श्रेष्ठ, बसन्त प्रकाश चौधरी र विनोद बुढाथोकीलाई विशेष कदर-पत्रका साथ सम्मान गरिएको थियो।

कार्यक्रममा सहभागी रक्तदाताहरूले रक्तदानलाई जीवनदायिनी कार्यको रूपमा व्याख्या गर्दै, “हामीले दिएको एक प्वाल रगतले कसैको जीवन बच्न सक्छ भने, योभन्दा ठूलो पुण्य के हुन सक्छ?” भन्ने भावना व्यक्त गरे। उनीहरूले नियमित रक्तदानले समाजप्रति जिम्मेवारी पूरा गर्नुका साथै स्वास्थ्यका लागि पनि लाभदायक हुने जनाए। रक्तदानप्रति बढ्दो जागरूकता देखेर उत्साहित हुँदै उनीहरूले यस्तो कार्यक्रम निरन्तर हुनु पर्नेमा जोड दिए। रक्तदान गर्नु हाम्रो मानवताको परिचय हो, यो गर्वको विषय रहेको रक्तदाताहरूले बताएका हुन्।

साथै कार्यक्रममा भर्खरै सम्पन्न भएको एसिसी यू-१६ इष्ट जोन क्रिकेट प्रतियोगितामा नेपाल टिमबाट उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय गौरव बढाएका लमहीकै युवा खेलाडी शुभम खनाललाई समेत विशेष सम्मान प्रदान गरिएको थियो। यस सम्मानले स्थानीय प्रतिभाको हौसला अभिवृद्धि गर्नुका साथै लमही क्षेत्रलाई खेलकुदमैत्री बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

यस प्रेरणादायी रक्तदान कार्यक्रमको संयोजन लमही जेसीज वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी सन्तोष गौतमले गर्नु भएको थियो भने कार्यक्रमको कुशल सहजीकरण महासचिव जेसी विदुर शर्माले गर्नु भएको थियो।

Facebook Comments