• ४ असार २०८३, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गढवाको वडा नं. ३ मा बाल विवाह र बालश्रम विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न




आलोक भावुक
गढवा। गढवा गाउँपालिका वडा नम्बर ३ मा बाल विवाह र बालश्रम विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ। “बालमैत्री स्थानीय शासन : बाल अधिकारको सम्मान” भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम ३ नं. वडा कार्यालयमा सनिवार सम्पन्न भएको हो।

गढवा गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा बालबालिकामाथि हुने जबर्जस्ती विवाह र श्रमशोषण जस्ता सामाजिक अपराधबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुल्सीराम अधिकारीले बाल विवाह र बालश्रम समाजको विकासमा बाधक रहेको उल्लेख गर्दै यस्तो विकृति अन्त्यका लागि स्थानीय तह, अभिभावक, विद्यालय र समुदायको साझा प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “बालबालिकालाई विवाह होइन, शिक्षा चाहिन्छ। श्रम होइन, स्नेह र सुरक्षा चाहिन्छ। हामी सबै मिलेर बालमैत्री समाज निर्माणमा लाग्नुपर्छ।”
वडा नं. ३ का वडाध्यक्ष अधिकारीले बाल विवाह र बालश्रम समाजको सबैभन्दा गम्भीर चुनौती भएको उल्लेख गर्दै यस्ता समस्याले बालबालिकाको भविष्य अन्धकारमय बनाउने बताउनुभयो। उहाँले भन्नुभयो, “बालबालिकालाई विवाहको चपेटामा पार्नु र नाबालक अवस्थामा श्रम गराउनु उनीहरूको बाल अधिकारमाथिको सीधा उल्लंघन हो। यस्तो कार्य कानुनी रूपमा दण्डनीय मात्र होइन, नैतिक रूपमा पनि गलत छ।”

वडाध्यक्ष अधिकारीले अझ भन्नुभयो, “समाजमा भएका यस्ता विकृति अन्त्य गर्नका लागि कानुनी चेतना मात्र पर्याप्त हुँदैन। हामी सबै – अभिभावक, शिक्षक, राजनीतिक नेतृत्व, धार्मिक अगुवा र स्वयं बालबालिका पनि सचेत र जिम्मेवार बन्न आवश्यक छ। गढवा गाउँपालिका वडा नम्बर ३ बालमैत्री वडा बनाउने हाम्रो लक्ष्य हो, र यसका लागि हामी कुनै कसर बाँकी राख्दैनौं।”

उहाँले समुदायलाई आह्वान गर्दै भन्नुभयो, “अब समय आएको छ कि हामी परम्परागत सोचलाई परिवर्तन गरौं र बालबालिकालाई विवाह होइन, शिक्षा दिऊँ। श्रम होइन, सिर्जनशील अवसर दिऊँ। उनीहरूको प्रतिभा विकासका लागि सक्दो सहयोग गरौं। यही नै हाम्रो पालिकाको, वडाको र हाम्रै सामाजिक उत्तरदायित्व हो।”

कार्यक्रममा गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले बाल विवाह र बालश्रमसम्बन्धी कानुनी प्रावधान, सामाजिक असर र समुदायको जिम्मेवारीका विषयमा प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षण मार्फत सहभागीहरूलाई बाल अधिकार संरक्षणमा समुदाय र अभिभावकको भूमिका महत्वपूर्ण हुने विषयमा जानकारी दिनु भएको थियो।

कार्यक्रममा गढवा गाउँपालिका वडा नं.३ का वडा सदस्यहरु आशाराम चौधरी, चन्द्रा केसी,प्रमिला नेपाली, बिमल चौधरी लगाएतको सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो। उहाँले बालमैत्री समाज निर्माणका लागि सबै क्षेत्र र नागरिक एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

Facebook Comments