घोराही । नेपाल परिवार नियोजन संघ दाङ शाखाको ४६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संघको आयोजनामा शनिबार घोराहीस्थित भिंग्रेली भिलेजमा वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
नेपाल परिवार नियोजन संघ दाङ शाखाका सभापति भरतराज देवकोटाको अध्यक्षता एवं संविधान सभाका सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले नियोजन संघले स्वास्थ्यतर्फ प्रजनन् र बालबालिकाको क्षेत्रमामा उल्लेखनीय काम गर्दै आइरहेको बताउनुभएको छ । कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालले अहिले परिवेशमा आफूले काम गर्ने तरिका परिवर्तन गरेर संस्थालाई एउटा आत्मनिर्भर संस्थाको रुपमा अगाडि बढाउनुपर्ने चुनौती थपिएको बताउनुभयो । उहाँले एउटा आर्थिक रुपले सबल र आत्मनिर्भर हुनसक्ने अवस्थाको खोजी गर्नुपर्ने दायित्व यो संस्थाको अगाडि आइसकेको हुँदा कार्यसमिति, साधारण सदस्य, आजीवन सदस्य र सबैको साझा प्रयासबाट संस्थालाई सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।
अब हामीले हाम्रा आफ्नो कार्यशैलीलाई परिवर्तन गरेर हिजो र अहिलेको नयाँ चुनौती केछन् त्यसलाई आत्मसाथ गर्दै यो संस्थाले अलिकति मोडालिटी चेन्ज गरेर अगाडि बढ्न भने संस्थालाई सस्टेन बनाउन उहाँले जोड दिनुभयो। सातै प्रदेशमा मातृमृत्युदर लुम्बिनीमा धेरै भएको भन्दै यो संस्थालाई सस्टेन बनाउनका लागि प्रदेश र स्थानीय तहहरुसँगको समन्वय र सहकार्यमा कुपोषण, लागूऔषधसँग जोडिएका कार्यक्रमहरु चलाउन सकिने समेत प्रदेशसभा सदस्य खनालको भनाइ थियो ।
कार्यक्रममा विशिष्ट अतिथि राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले परिवार नियोजन संघ महिलामैत्री र युवामैत्रीको रुपमा रहेको बताउनुभयो । उहाँले यस संस्थाले प्रजनन् क्षेत्रमा काम गर्दै आइरहेको हुँदा नियोजनका सेवालाई समुदायस्तरमै लैजानुपर्नेमा जोड दिनुभयो । स्थानीय तहसँग सहकार्य गरेमा अगाडि बढेमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्दै नियोजनका सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन सकिने उहाँको भनाइ थियो ।
संघ दाङ शाखाका सभापति भरतराज देवकोटाले नियोजनलाई दातृनिकायबाट प्राप्त हुने बजेट वर्षेनि रुपमा घट्दै गएको भन्दै संस्थालाई आत्मनिर्भर बनाउन आफूहरुले प्रयास गरिरहे बताउनुभयो । उहाँले सेवा शुल्कबाट प्राप्त भएको रकमले संस्थाको ७० प्रतिशत खर्च धानेको र बाँकी ३० प्रतिशतमात्र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । नेपालभर २८ वटा नियोजनका शाखाहरुमध्ये दाङ उत्कृष्ट भएको र यहाँबाट हुने सेवा प्रवाह कुनै कमि नभएको कुरामा उहाँको भनाइ थियो ।
संघका कार्यसमिति सदस्य किरण पौडेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राधा पौडेल, संघ पूर्व अध्यक्ष गणेश राज श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, सम्पूर्ण संघसंस्थाहरुको तर्फबाट घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उपाध्यक्ष भरतमणी पाण्डे, संस्थाका आजीवन सदस्यहरुको तर्फबाट आजीवन सदस्य गोबिन्द न्यौपाने अम्बिसेश्वरी मन्दिर व्यवस्थापनका पूर्व अध्यक्ष बासुदेव रिजाल, नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीले लुम्बिनी प्रदेशमा स्वास्थ्य सूचकहरु गम्भीर रहेको भन्दै सेवा लिन आउने सेवाग्राहीहरुलाई सचेतता कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यक देखिएको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई हल गर्नका लागि सेवालाई प्रभावकारी ढंगबाट अगाडि बढाउनका लागि यस संस्थाले गाउँस्तरमै पुगेर जनचेतनामूलकसम्बन्धीका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उहाँहरुको जोड थियो । हरेक संघसंस्थाहरु अब परनिर्भरता नभएर आत्मनिर्भरताको बाटोमा लाग्नुपर्ने भन्दै जिल्लामा भएका स्थानीय तहहरुसँग समन्वय र सहकार्यमार्फत आफ्ना सेवाहरुलाई प्रभावकारी, विश्वसनीय र गुणस्तरीय सेवा दिनुपर्ने उहाँहरुको भनाइ थियो ।
संघका प्रबन्धक बसन्त खनालले संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघले निर्दिष्ट गरेका कार्यक्रमको परिधिभित्र रहेर प्रजनन् स्वास्थ्यको क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले दाङमा ४८ वर्षदेखि प्रजनन् स्वास्थ्यको क्षेत्रमा सेवा दिँदै आएको यस संस्थाले सन् २०२४ मा एक लाख ४१ हजार छ सय ७२ जनालाई सेवा प्रदान गरेको बताउनुभयो । संस्थाबाट एक वर्षभित्र परिवार नियोजन सेवा तथा परामर्श सेवामा २६ हजार दुईसय २५ जना, स्त्रीरोगसँग सम्बन्धित सेवा तथा परामर्श सेवामा २५ हजार सात सय जना, एचआईभी एड्ससम्बन्धी परामर्श सेवामा ११ हजार चार सय ८२ जना, गर्भवती तथा सुत्केरी पश्चातको सेवा तथा परामर्श सेवामा १६ हजार ७३ जना, अन्य प्रजनन् स्वास्थ्य सेवमा १४ जना, बच्चाहरुको खोप तथा परामर्श सेवामा १२ हजार नौसय ७० जना, सुरक्षीत गर्बपतनसम्बन्धी सेवा तथा परामर्श सेवामा एक हजार नौसय सात जना, बिशिस्टकृत सेवामा पाँच हजार सातसय ४८ जना, यौन रोगको उपचार तथा परामर्श सेवामा २२ हजार नौसय जना, बाझोपनको रोकथामसम्बन्धी उपचार तथा परामर्श सेवा तीन सय २० जना, पिसाबजन्य रोगको उपचार तथा परामर्शमा पाँच हजार आठ सय ७१ जना र साधारण उपचार सेवामा १२ हजार चारसय ६१ जनाले सेवा लिएको उहाँले बताउनुभएको छ ।
संघका कोषाध्यक्ष माया कुमारी पोख्रेलले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सन २०२४ मा संघले एक करोड ७४ लाख २५ हजार नौ सय ३४ रुपैयाँ ५९ पैसा आम्दानी गरेको बताउनुभयो । विगत तीन वर्षदेखि केन्द्रबाट प्राप्त हुने कोअर कार्यक्रमको बजेट घट्दो दरमा रहेको बताउनुभयो । उहाँले यसरी प्राप्त हुने बजेट घट्दै जाने हो भने भोलिका दिनमा सेवा प्रवाहमा चुनौती बढ्न सक्ने भएको हुँदा स्थानीय स्रोतको परिचालनतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण संघकी कोषाध्यक्ष माया कुमारी पोख्रेलले गर्नुभएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।