• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण




यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शुक्रबार साँझ बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसइईको नतिजा सार्वजनिक भएको हो ।

यो वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसइईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको जानकारी गराउनुभएको हो । बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसइईमा जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ ।

यो वर्ष २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । त्यसका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र कायम गरिएको थियो ।

परीक्षार्थीले बोर्डको वेबसाइट https://www.neb.gov.np/ बाट एसइईको नतिजा हेर्न सक्छन्। सबै नतिजा वेबसाइटमा केही समयपछि मात्र उपलब्ध हुने बाेर्डले जनाएको छ।

एसइईको वेबसाइट बाहेक परीक्षार्थीले एनटीसीलगायत विविध माध्यमबाट नतिजा हेर्न सक्नेछन् । नतिजाका लागि ल्यान्डलाइन वा मोबाइल फोनबाट १६०० डायल गरेर त्यहाँ दिएको निर्देशनअनुसार सिम्बोल नम्बर दिएरसमेत नतिजा हेर्न सकिने छ।

Facebook Comments