सल्यान। राप्ती राजमार्गअन्तर्गत कपुरकोट सडक खण्डमा असार १२ गते बिहीबार दाङ र सल्यानका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहितको संयुक्त टोलीले अनुगमन तथा छलफल गरेको छ।

वर्षायाममा बारम्बार सडक अवरुद्ध हुने समस्यालाई गम्भीर रूपमा लिँदै अनुगमन टोलीले सडक डिभिजन, स्थानीय सुरक्षा निकाय र स्थानीय तहका प्रतिनिधिसँग संयुक्त छलफल गरेको थियो। छलफलमा सडक अवरुद्ध हुँदा समयमै उद्धार तथा मर्मतका लागि सम्बन्धित निकाय अग्रसर भई कार्य गर्ने, तथा कपुरकोट सडकको स्तरोन्नति कार्यलाई थप गति दिने सहमति भएको जनाइएको छ।
अनुगमनमा दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी सहित दुबै जिल्लाका सुरक्षा निकायका प्रमुख, सडक डिभिजनका प्राविधिक तथा स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता थियो।

भर्खरै सरुवा भएर सल्यान आएका प्रजिअ सुवेदीले कपुरकोट सडक खण्डको नियमित निगरानी, पूर्वतयारी र समन्वयमार्फत समस्या समाधान गर्न सकिनेमा जोड दिनुभयो। उहाँले सडक अवरुद्ध हुँदा तत्काल राहत र मर्मत कार्यमा स्थानीय तह, सुरक्षा निकाय र प्राविधिक इकाइ सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
अनुगमनपछि दुबै जिल्लाका अधिकारीहरूले सडक समस्या समाधानका लागि सहकार्य र दीर्घकालीन योजना आवश्यक रहेको निष्कर्ष निकालेका छन्।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
