दाङ। अर्गानिक खेतीको प्रवर्द्धन गर्ने उद्देश्यले घोराही उपमहानगरपालिका–१०, नारायणपुरमा कृषकहरूलाई विभिन्न जातका तरकारीको बीउ वितरण गरिएको छ।
पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रको आयोजना तथा मुक्त कमलहरीहरूको ओजरार महिला कृषि सहकारी संस्थाको सहआयोजनामा आयोजित कार्यक्रममा अर्गानिक खेतीसम्बन्धी प्रगति विवरण प्रस्तुत गरिएको थियो।

कार्यक्रमको अध्यक्षता सहकारी अध्यक्ष कमला चौधरीले गरेकी थिइन्। घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसी प्रमुख अतिथिका रूपमा तथा वडा नं. १० का अध्यक्ष दीपक पाण्डे विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा अर्गानिक खेतीको सम्भावना, चुनौती र प्रभावबारे जानकारीमूलक प्रस्तुति दिइएको थियो। सहभागी कृषकहरूलाई अर्गानिक विधिमा आकर्षित गराउँदै व्यवहारिक अभ्यासका लागि विभिन्न जातका तरकारी बीउ वितरण गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमबारे जानकारी दिँदै पर्यावरणीय दिगो विकास एवं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले अर्गानिक खेती नै दीर्घकालीन दिगो कृषि विकासको विकल्प भएको बताए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
