• २८ असार २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेविसंघ राप्ती इन्जिनियरिङ इकाइको आयोजनामा स्वास्थ्य शिविर




नवीन जैशी

दाङ। नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज इकाइ कमिटीको आयोजनामा घोराही उपमहानगरपालिका वडा नं १६ मा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ।

शिविरको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष तारा डाँगी प्रमुख अतिथि रहनुभएको थियो भने नेपाल विद्यार्थी संघ दाङका सभापति कुलराज प्रोखरेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भयो।

कार्यक्रममा नेविसंघ घोराही संयोजक विजय बिष्ट, डेन्टल सर्जन डा. रोजिना अधिकारी, जिल्ला सभापति कुलराज प्रोखरेल, वडा अध्यक्ष तारा डाँगी लगायतले मन्तव्य राख्नुभएको थियो।

शिविर नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज इकाइका सभापति अमृत रावतको अध्यक्षता, उपसभापति सबिन्द्र शाहीको स्वागत मन्तव्य र उपसभापति दिलुनाथ योगीको सञ्चालनमा सम्पन्न भएको हो। शिविर निराशिज युथ फाउन्डेसनको सहयोगमा आयोजना गरिएको थियो।

शिविरमा डेन्टल सर्जन डा. रोजिना अधिकारीले सेवा दिनुभएको थियो भने करिब एक सय तीस जनाले दन्त तथा छाला सम्बन्धी स्वास्थ्य सेवा लिएका थिए।

कार्यक्रममा नेविसंघ इकाइ कमिटीका उपसभापति आशिष लामिछाने, सदस्य मुस्कान गिरी, उपसभापति प्रशान्त श्रेष्ठ, सचिव सबिन्द्र शाही, अम्बिकेश्वरी क्याम्पसका पूर्व स्ववियु सभापति रनबहादुर खड्का, ‘रुटिन अफ रुकुम’ एडमिन नविन गौतम लगायतको सक्रिय उपस्थिति रहेको थियो।

Facebook Comments