शिवु खनाल
देउखुरी। दुबै मृगौलाले काम नगर्ने भएपछि सहयोगको याचना गरेका लमही नगरपालिका ९ तेलिया निवासी ३६ वर्षीय मृगौला पीडित करमलाल चाैधरीलाई उपचार गर्न आर्थिक सहयोग जुटेको छ ।
मलेशिया र नेपालमा रहेका नेपालीहरूले पठाएको ६० हजार ८ सय ८६ रुपैयाँ सहयोग शनिबार चाैधरीलाई बगार बाबा धार्मिक पर्यटन विकास क्षेत्र रिहारका अध्यक्ष एवम् समाजसेवी रविन्द्र खत्री र स्थानीय समाजसेवी पृथ्वी ग्वालले संयुक्तरूपमा हस्तान्तरण गर्नुभएकाे हाे ।
लमही नगरपालिका वडा नम्बर ८ बिजुलीपुर निवासी हाल बैदेशिक राेजगारी शिलशिलामा मलेशियामा बस्दै आउनु भएका कमल राज चाैधरीकाे नेतृत्वमा संकलन भएको उक्त रकम मृगौला पिडित चाैधरीलाई उलपब्ध गराउन सहयोग रकम पठाउनु भएको थियोे । सेवा नै धर्म हो अभियानका अभियान्ता कमल राज चाैधरीले विभिन्न देशमा रोगजारी गर्नेहरुलाई सहयोग गर्न आग्रह गरेपछि रकम संकलन भएको थियो । मृगौला पीडितकाे आमा र श्रीमतीलाई उक्त रकम हस्तान्तरण गरिएकाे हाे ।
आर्थिक अवस्था कमजोर भएका चाैधरीको उपचारमा समस्या भएको छ। दुबै मृगौला प्रत्यारोपणका लागि १५ देखि २० लाख चाहिने भए पनि पैसा नहुँदा प्रत्यारोपण गर्न सकिएको छैन । चाैधरी ३ वर्षदेखि लमहीमा रहेको सामुदायिक डायलाइसिस सेन्टरमा उपचार गराइराख्नु भएको छ । मृगौला प्रत्यारोपण गर्न ठूलो खर्च लाग्ने भएको छ, मृगौला पिडितकाे श्रीमती काैशिला चाैधरीले भन्नुभयो,-। ‘आर्थिक अवस्था कमजोर भएकाले अझै पनि सहयोगको अपेक्षा गरिरहेका छौं ।’
उहाँले रकम संकलन गरि सहयोग गर्ने कमल लगायत सम्पूर्ण सहयोग दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ । युवा उमेरमै मृगौलाले काम नगर्ने भएको तीन वर्ष बितिसक्दा पनि उपचार गर्न नसकेका चाैधरीले थप सहयोगको लागि सहयोगी दाताहरुसँग अनुरोध गर्नुभएकाे छ ।।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
