• २८ असार २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कलाको समर्पण: सरिश्मा ओलीको आत्मविश्वासले रच्दैछ भविष्य




दाङ । दाङको तुलसीपुरकी सरिश्मा ओली एक होनहार प्रतिभा हुन्, जसले कलामार्फत् आफ्नो पहिचान बनाउने संघर्षशील प्रयास गरिरहेकी छन्। ‘जस्ट डान्स नेपाल–दाङ २०७६’ विजेताको रूपमा आफूलाई स्थापित गराइसकेकी सरिश्मा नृत्यको दुनियाँमा मात्रै होइन, अब म्युजिक भिडियोमार्फत् संगीत क्षेत्रमा पनि पाइला टेक्दैछिन्।

सानैदेखि नृत्यमा रुचि राख्दै स्कुलस्तरमै प्रतियोगितामा भाग लिएर आफूलाई सिद्ध गरेकी सरिश्मा आज तीनवटा अफिसियल म्युजिक भिडियो र छवटा कभर गीतमार्फत् दर्शकमाझ पुगिसकेकी छन्। उनका प्रस्तुतिहरूमा आत्मविश्वास, लगाव र कलाप्रतिको इमानदारी प्रस्ट झल्किन्छ।

“प्रस्तावहरू त आइरहेका छन्,” भन्छिन् सरिश्मा, “तर आफूमा भर पर्छु कि पर्दिन भन्ने कुराले निर्णय गर्दा सजग छु।” उनी हतार नगरी समय लिएर आफैंलाई तयार पार्न चाहन्छिन्—यही परिपक्वता उनको भविष्यको सफलताको संकेत हो।

उनको पहिलो अफिसियल गीत ऐना हेरेर कपाल कोरेर ले दर्शक स्रोताबाट पाएको सकारात्मक प्रतिक्रिया र भ्युजले थप हौसला दिएको छ। अब काठमाडौंमा बसेर म्युजिक भिडियोमा निरन्तर लाग्ने उनको योजना छ।

पढाइलाई पनि प्राथमिकता दिइरहेकी सरिश्मा अहिले स्नातक दोस्रो वर्षमा अध्ययनरत छिन्। कला र शिक्षालाई सँगसँगै अगाडि बढाउने उनको सोच अनुकरणीय छ।

यसरी आफूले रोजेको बाटोमा संघर्ष गर्दै, आत्मविश्वासका साथ अघि बढिरहेकी सरिश्मा ओली जस्ता युवाहरू नै हाम्रो देशको साँस्कृतिक भविष्यका आशा हुन्। उनीजस्ता कलाकारलाई सुसंस्कार, सहारा र सन्देश दिन सक्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व हो।

Facebook Comments