दाङ । दाङमा सञ्चालित रात्रिकालीन होटल व्यवसाय सुरक्षित र सहज रूपमा सञ्चालन गर्ने विषयमा सरोकारवालाबीच छलफल भएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता, घोराही उपमहानगरपालिका नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको विशिष्ट आतिथ्यतामा छलफल सम्पन्न भएको हो।
कोरोना महामारीपछि उत्पन्न आर्थिक मन्दीका कारण शिथिल भएको होटल व्यवसाय विस्तारै सञ्चालनको लयमा फर्किँदै गर्दा प्रहरी प्रशासनले साँझै बन्द गर्न दबाब दिने गरेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। व्यवसाय सञ्चालनमा सहजता ल्याउन व्यवसायीहरूले रातिको समयमा पनि होटल सञ्चालन गर्न पाउने वातावरण बनाउन आग्रह गरेका हुन्।
रात्रिकालीन बार तथा दोहोरी साँझ सञ्चालकहरूले कम्तीमा राति ११ बजेसम्म व्यवसाय सञ्चालनको अनुमति दिनुपर्ने माग गरेका छन्। उनीहरूको उक्त आग्रहलाई अनुमोदनका लागि जिल्ला सुरक्षा समितिमा पठाउने निर्णय गरिएको छ।
प्रारम्भिक छलफलमा व्यवसायीहरूको मागअनुसार पहिलो चरणमा घोराही क्षेत्रमा राति ११ बजेसम्म र तुलसीपुर क्षेत्रमा राति १० बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने विषयमा स्थानीय प्रशासन सकारात्मक देखिएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
