• २८ असार २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कलश सहकारीको रामपुरमा सहकारी शिक्षा




दाङ। घोराहीमा रहेको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शिक्षा उपसमितिको आयोजनामा सहकारी शिक्षा अन्तर्गत अन्तरक्रिया कार्यक्रम रामपुरमा सम्पन्न भएको छ।

शिक्षा उपसमितिका संयोजक केशव रिजालको अध्यक्षता तथा घोराही उपमहानगरपालिका अन्तर्गत सहकारी तथा रोजगार प्रवर्द्धन शाखाका प्रमुख प्रेमबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

प्रमुख अतिथि केसीले देशभरका सहकारी संस्थाको अवस्था, वर्तमान नीति–विधि, चुनौती र अवसरका विषयमा धारणा राख्नुभयो।

कार्यक्रममा संस्थाका सल्लाहकार एवं निवर्तमान अध्यक्ष बालचन्द्र शर्माले कलश सहकारीको स्थापना कालदेखि हालसम्मको अवस्था, गतिविधि र भावी रणनीतिसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभयो। सहभागीहरूले कार्यपत्रका आधारमा सुझाव र धारणा व्यक्त गरेका थिए।

वक्ताहरूले कलश सहकारीले सञ्चालन गर्दै आएका घर–आँगनमै पुग्ने कार्यक्रमहरू सदस्यमैत्री रहेको उल्लेख गर्दै सराहना गरेका थिए।

कार्यक्रममा अध्यक्ष माधव खनाल, सर्वोत्तम बहुउद्देश्यीय सहकारीका पूर्वअध्यक्ष ध्रुवराज पौडेल, उपाध्यक्ष चन्द्रावती भण्डारी, साना किसान सहकारी रामपुरका अध्यक्ष गुरुप्रसाद खनाल, व्यवस्थापक प्रकाश अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको सहजीकरण शिक्षा उपसमिति सदस्य खिमराज खनालले गर्नुभएको थियो।

Facebook Comments