• २२ मंसिर २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमै निर्माण, देशभर झस्काउने सन्देश– मान्छे चिन्न जानि




दाङ । राजनीतिक लोभ, पारिवारिक द्वन्द्व र सामाजिक यथार्थको कसीमा तयार भएको गीत ‘मान्छे चिन्न जानिन’ हालै सार्वजनिक भएको छ। दाङको सुन्दर भूगोल र पीडादायी मनोभावमा छायांकन गरिएको यो गीतले दर्शक र श्रोताको हृदय छोने अपेक्षा गरिएको छ। उक्त गित गोबिन्द मधुर आचार्य युटुब च्यानल मार्फत सार्वजनिक गरिको छ ।

गोबिन्द मधुर आचार्यको शब्द तथा संगीतमा बनेको गीतमा गायिका संगीता चौधरीको सशक्त स्वरले जीवन भरेको छ। गीतले एक सामान्य परिवारको भित्रि आर्तनादलाई राजनीतिको छायाँसँग जुधाउँदै दर्शकसमक्ष प्रस्तुत गर्छ।

सत्ता र सम्बन्धबीचको टकराव— यही हो गीतको मूल कथा। राजनीतिक प्रलोभनले कसरी परिवारको बाँधन चुँडिन्छ भन्ने कुरालाई यसले गहिरो रूपमा उनेको छ। निर्देशक सुदन थापाको निर्देशनमा तयार पारिएको यस भिडियोमा चर्तित कलाकारहरू कमल गाउँले, सुदन थापा, निशा खड्का, डा. लोकराज पराजुली, पिताम्बर रिजाल, सम्झना डिसी र तेज जङ थापाले अभिनय गरेका छन्।

बिरु चौधरीको छायाङ्कनले दाङको सौन्दर्य र यथार्थ दुबैलाई जीवित बनाएको छ। गीतको सम्पूर्ण छायांकन दाङमै गरिएको हुनाले, यसले स्थानीय संस्कृति, परिवेश र पात्रहरूलाई प्रतिनिधित्व गर्ने प्रयास गरेको देखिन्छ।

निर्देशक थापा भन्छन्, “गीत मनोरञ्जन मात्र होइन, दर्शकलाई सोच्न बाध्य बनाउने माध्यम हो।” वास्तवमै, ‘मान्छे चिन्न जानिन’ केवल एक गीत होइन—यो हाम्रो समाजको एउटा सजीव कथा हो।

 

Facebook Comments