• १ असार २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बाल कलाकार युनिश घिमिरे अभिनीत ‘लाजको पर्दा’ म्युजिक भिडियोले दर्शकको मन जित्दै




दाङ । चर्चित अभिनेता पल शाहसँग बाल कलाकार युनिश घिमिरेले अभिनय गरेको नयाँ म्युजिक भिडियो ‘लाजको पर्दा’ छोटो समयमा नै दर्शकको आकर्षणको केन्द्र बनेको छ। जेठ ८ गते सार्वजनिक गरिएको यस भिडियोले पाँच दिनमै करिब ६ लाख भ्यूज बटुल्दै उल्लेखनीय सफलता हात पारेको छ।

बीमल कौशलको प्रस्तुति रहेको गीतमा खेम सेन्चुरी र सुनितामि परियारको सुमधुर स्वर सुन्न सकिन्छ भने हाकिम सुनारले संगीत संयोजन गरेका छन्। बिमल छिनालको एरेञ्ज तथा मिक्सिङ/मास्टरिङ यस गीतमा रहेको छ।

भिडियोमा पल शाह र जुना विश्वकर्माले प्रमुख भूमिकामा अभिनय गरेका छन्। त्यस्तै, बाल कलाकार युनिश घिमिरे र आरुषी कार्कीको समेत दमदार अभिनय देख्न पाइन्छ। सामाजिक र पारिवारिक कथावस्तु समेटिएको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन्। छायांकन करण चैसिरको टिमले सम्हालेको हो भने कोरियोग्राफी समेत निर्देशक चौहानले नै गरेका छन्।

टिकटक लगायत सामाजिक सञ्जालमा चर्चामा रहेका युनिश घिमिरेको लोकप्रियता पछिल्लो समय मेला महोत्सवहरूमा समेत व्यापक रूपमा बढेको छ। चर्चित अभिनेता पल शाहसँग एकै भिडियोमा देखिनुले युनिशको कलाकारिता क्षेत्रमा पाइला सशक्त बनिरहेको देखिन्छ।

‘लाजको पर्दा’ म्युजिक भिडियो सुनितामी परियारको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। छोटो समयमा दर्शकको साथ र चर्चा बटुलेको यस भिडियोले नेपाली संगीत तथा भिडियो क्षेत्रमा नयाँ ऊर्जा थपेको देखिन्छ।

Facebook Comments