• २ असार २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
इच्छुकको स्मृतिमा प्रगतिशील विमर्श




देउखुरी। प्रगतिशील लेखक संघ दाङको आयोजनामा “प्रगतिशील साहित्यमा इच्छुकको योगदान र हाम्रो दायित्व” विषयक अन्तरक्रिया कार्यक्रम देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको हलमा सम्पन्न भएको छ।

तेइसौं इच्छुक स्मृति दिवसको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय सदस्य तथा साहित्यकार रामप्रसाद जैशीले इच्छुकको व्यक्तित्व, कृतित्व र विषयवस्तुमा आधारित मौखिक कार्यपत्र प्रस्तुत गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी वरिष्ठ वामपन्थी नेता तथा संविधानसभा सदस्य र इच्छुकका गुरु रश्मिराज नेपालीले इच्छुकको योगदान र प्रभावबारे प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा वामपन्थी बुद्धिजीवी लेखराज रेग्मी, साहित्यकार प्रमोद धिताल, संस्कृतिकर्मी तथा जनवादी गायक नारायण योगी, साहित्यकार तथा पत्रकार छबिलाल कोपिला, शिक्षक विप्लव अधिकारी, दामोदर पौडेललगायतले आ-आफ्ना धारणा व्यक्त गर्नुभयो।

प्रगतिशील लेखक संघ दाङका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष रेशम बिसीको स्वागत मन्तव्य रहेको थियो भने विभिन्न कविहरूले कविता वाचन समेत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव पुरन शर्माले गर्नुभएको थियो।

उक्त कार्यक्रममा राप्ती गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको थियो।

Facebook Comments