• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कपिलवस्तुमा ग्याँस विस्फोट हुँदा दाजु बहिनीको मृत्यु




कपिलवस्तु । कपिलवस्तुमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा दाजु बहिनीको मृत्यु भएको छ।

शुद्धोधन गाउँपालिका- ५ जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना बनाउने क्रममा जलेर दाजु बैनीकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी निरन्जन दत्त भट्टले जानकारी दिए।

आगलागीमा परेर २४ वर्षीय शिवकुमार यादव र उनकी बहिनी १८ वर्षीया सोनाम यादवको मृत्यु भएको हो। खाना पकाउने क्रममा रेगुलेटरबाट एक्कासी ग्यास लिक भइ आगलागी हुँदा घटना भएको हो। आगलागीबाट घरमासमेत सामान्य क्षति पुगेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments