• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस दाङमा विविध कार्यक्रमसहित मनाइने




घोराही । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा दाङमा विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ। केन्द्रीय समितिको निर्देशन अनुसार दाङका सक्रिय पत्रकार संगठनहरूबीच समन्वय गर्दै विविध कार्यक्रम तय गरिएको सचिव अमर क्षितिज भण्डारीले जानकारी दिनुभयो।

स्थापना दिवसको अवसरमा प्रेस युनियन दाङले मैत्रीपूर्ण फुटसल प्रतियोगिता, फलफूल वितरण, दीप प्रज्ज्वलन, स्वास्थ्य परिक्षणलगायतका कार्यक्रमहरु आयोजना गर्ने भएको हो।

फुटसल प्रतियोगिता भोली (मंगलबार) बिहान ८ बजेदेखि घोराही उपमहानगरपालिका–१७ स्थित फुटसल मैदानमा सुरु हुनेछ। सो प्रतियोगितामा जिल्लाका क्रियाशील पत्रकार संगठनका टिमहरूबीच प्रतिस्पर्धा हुने बताइएको छ।

त्यस्तै, लमहीमा फलफूल वितरण कार्यक्रम आयोजना गरिनेछ भने तुलसीपुरमा पत्रकारहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम समेत सञ्चालन गरिने सचिव भण्डारीले जानकारी दिनुभयो।
नेपाल प्रेस युनियनको स्थापनाको ३४ वर्ष पुगेको अवसरमा आयोजित यस्ता कार्यक्रमहरूले पत्रकारिता क्षेत्रको एकता, सहकार्य र सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने विश्वास लिइएको छ।

Facebook Comments