बाग्लुङ । बाग्लुङको ढोरपाटनमा नेकपा (एमाले) का गण्डकी प्रदेश सदस्य केशर छन्त्यालसहित १३ जना विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।

‘जनतासँग माओवादी: मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत आयोजित कार्यक्रमका अवसरमा उनीहरूले माओवादी केन्द्रको नीति, विचार र नेतृत्वमा विश्वास व्यक्त गर्दै पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्ने सबैलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभएको छ। अध्यक्ष प्रचण्डले नयाँ प्रवेशकर्ताहरूको आगमनले पार्टीलाई थप सुदृढ बनाउने बताउँदै जनताको पक्षमा निरन्तर संघर्ष गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय, प्रदेश र स्थानीय तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। जनजागरण अभियान अन्तर्गत देशभर फैलिएको उत्साहसँगै संगठन विस्तारमा उल्लेखनीय सफलता मिलिरहेको माओवादी केन्द्रले जनाएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
