• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्ती स्वास्थ्य प्रतिष्ठानमा युरोलोजी सेवा सुरु




घोराही । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा बिहिबारदेखि सुरु भएको छ । युरोलोजीष्ट(एमसिएच) सर्जन डा. सुशील खनियाले सो सेवा सुरु गर्नु भएको हो ।

अस्पतालका निमित्त निर्देशक डा. जनार्दन पन्थिले प्रतिष्ठानमा अबदेखि युरोलोजि सेवा पनि थपिएको जानकारी दिनुभयो । अबदेखि युरोलोजि सेवा अन्तरगत पिसाब सम्बन्धि सबै, प्रोष्टेड र किड्निमा परेको पत्थरि, पिसावको नलि, थैलिको पत्थरी, अण्डकोषमा मासु पलाएको, सुन्नीएको, पिसाव पोल्ने, चुहीने लगायतका विभिन्न सेवाहरु विरामीहरुले प्राप्त गर्ने युरोलोजिष्ट डा. खनियाले बताउनुभयो । खनिया लामो समयदेखि युरोलोजी सेवामा काम गरेको अनुभबि चिकित्सककोरुपमा परिचित हुनुहुन्छ ।

अस्पतालका निमित्त निर्देशक डा. पन्थिले युरोलोजी सेवा थप भएको र अब बिरामीले स्थानियस्तरमै सहजरुपमा विशेषज्ञ सेवा प्राप्त गर्न सक्ने बताउनुभयो । युरोलोजिष्ट डा खनिया बिहिबार नै अस्पताल पुगेर हाजिर भएको प्रतिष्ठानले जनाएको छ ।

Facebook Comments