नवीन जैसी
रुकुमकोट— रुकुमकोटमा हरेक महिनाको अन्तिम शनिबार विशेष कार्यक्रमअन्तर्गत सरसफाई अभियान तथा हाटबजार सञ्चालन गरिँदै आएको छ। रुकुम उद्योग वाणिज्य संघको पहलमा सञ्चालन हुँदै आएको यो कार्यक्रमले स्वच्छता तथा स्थानीय आर्थिक क्रियाशीलतालाई जोड दिएको छ।
कार्यक्रमअनुसार बिहान शहर तथा बजार क्षेत्रको सरसफाई गरिन्छ भने दिउँसो हाटबजार सञ्चालन हुन्छ। हाटबजारमा स्थानीय कृषक, उद्यमी र व्यवसायीहरूले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन र बिक्री गर्ने अवसर पाउँछन्।

रुकुम उद्योग वाणिज्य संघका अनुसार, यो पहलले नगर क्षेत्र सफा राख्नुका साथै स्थानीय उत्पादन प्रवर्द्ध
न र आर्थिक गतिविधि सशक्त बनाउन मद्दत पुर्याएको छ। संघले आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना पनि अघि सारेको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
