• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वाइसिएल पुथा उत्तरगङ्गाकोअध्यक्षमा विश्वकर्मा




रुकुम पूर्व ।योङ कम्युनिष्ट लिग नेपाल पुथा उत्तरगङ्गा गाउँपालिकाको तेस्रो अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। अधिवेशनले सुकराज विश्वकर्माको अध्यक्षतामा नयाँ ४० सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।

गाउँपालिकाभरका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न अधिवेशनले संगठन सुदृढीकरण, युवाको भूमिका अभिवृद्धि र राजनीतिक सचेतनालाई प्राथमिकता दिँदै नयाँ नेतृत्व चयन गरेको हो। बाँकी ५ जना सदस्य भने मनोनयनमार्फत चयन गरिने भएको छ।

निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा शान्ति बुढा मगर, रोहित बिक र केशरमान घर्ती चयन भएका छन्। सचिवमा जलन पुन चयन हुनु भएको छ भने सागर बिक, सुनिता सुनाम र राज सेन सह–सचिवमा निर्वाचित भएका छन्। कोषाध्यक्षको जिम्मेवारी लक्ष्मी घर्तीलाई दिइएको छ।
नवनिर्वाचित अध्यक्ष सुकराज विश्वकर्माले संगठनले दिएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवालाई सङ्गठित गर्दै जनअधिकार र सामाजिक न्यायका सवालमा वाईसीएललाई अग्रपङ्तिमा राख्ने बताउनुभयो।

Facebook Comments