• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सिस्ने राउन्ड पदमार्ग निर्माण सुरु




रुकुम पूर्व, वैशाख १७ – रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर १ मा पर्ने द्वारी हिमालको पुर्मुली पाटनदेखि नौ दह, सिस्ने बेस क्याम्प हुँदै गुप्तादहसम्म पुग्ने नयाँ पर्यटन पदमार्ग ‘सिस्ने राउन्ड’ निर्माण कार्य सुरु गरिएको छ।

पर्यटकलाई सिस्ने हिमाल र गुप्तादहसम्म पुग्न सहजता प्रदान गर्नका लागि आर्थिक वर्ष २०८१/०८२ मा पर्यटन मन्त्रालयअन्तर्गत पर्यटन पूर्वाधार विकास कार्यक्रममार्फत विनियोजित ५० लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण कार्य अगाडि बढाइएको हो।

यही आर्थिक वर्षमा सिस्ने गाउँपालिका वडा नम्बर २ को नेटापार्कदेखि छिपखोला हुँदै तासुक्वारासम्मको गुरिल्ला ट्रेल निर्माणका लागि पनि ७५ लाख रुपैयाँको बजेटमा ठेक्का आह्वान गरी काम सुरु गर्ने तयारी गरिएको छ।

यसअघि आर्थिक वर्ष २०७९/०८० मा गाउँपालिकाको बजेटमा पुर्मुली लेक क्षेत्रमा एक वटा पाहुना घर निर्माण गरिएको थियो भने STLRP (Sustainable Tourism for Livelihood Recovery Project) को सहयोगमा त्यहाँ तीन वटा काठेपुल समेत निर्माण भइसकेका छन्।

स्थानीय सरकार तथा सरोकारवालाहरूले आशा व्यक्त गरेका छन् कि पदमार्ग तथा अन्य पूर्वाधारको विकाससँगै सिस्ने हिमाल र गुप्तादह भ्रमणमा आउने पर्यटकहरूको संख्या बढ्नेछ र स्थानीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्नेछ।

Facebook Comments