• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराही ६ मा तीन दिने सृजनात्मक कथालेखन प्रशिक्षण सम्पन्न




घोराही। घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा बालबालिका लागि तीन दिने सृजनात्मक कथा लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । वडाध्यक्ष विष्णु राम आचार्यको अध्यक्षता तथा समाजसेवी ऋषिराज जङ्गलीको प्रमुख अतिथ्यमा प्रशिक्षण कार्यक्रमको समापन गरिएको थियो ।

वडा नम्बर ६ भित्र रहेका मावि जजरा गाउँ र अर्कराइजिङ एकेडेमीका विद्यार्थीहरूको सहभागिता रहेको सृजनात्मक कथा लेखन प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षकमा नेपाल बाल साहित्य समाजका अध्यक्ष विजयराज आचार्य रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जङ्गली, प्राध्यापक सुन्दर गौतमलगाएतका बक्ताहरुले स्थानीय सरकारले भौतिक विकास मात्र नभई सामाजिक विकासलाई पनि ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

जस अन्तर्गत वडा नम्बर ६ ले सामाजिक विकास अन्तर्गत बालबालिकाको विकासका लागि सिर्जनात्मक कथा लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको बताउनुभएको थियो । भौतिक विकास तत्काल देखिने भएपनि सामाजिक विकासका क्षेत्रमा गरेको लगानी दिर्घकालिन रुपमा देखिनेमा बक्तहरुको जोड थियो । वडा अध्यक्ष आचार्यले बालबालिकालाई तिन दिनसम्म सिकेका कुुरालाई कथा लेखनी मार्फत निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

प्रशिक्षण पश्चात बालबालिकाले लेखेका कथाहरु प्रस्तुत गर्नुका साथै प्रशिक्षणको अनुभव समेत सुनाएका थिए । रेनु वली, सिसन डांगी, दिया श्रेष्ठ, अस्मिता बिक र नम्रता बुढाथोकीले समाजमा रहेका विकृतिलाई दर्शाउदै खवरदारी गर्ने शन्देस समेटिएका कथाहरु बाचन गर्नुभएको थियो भने कामना चन्द, एलिजा नेपाली, निशान वली र अङ्किता चौधरीले प्रशिक्षार्थिकातर्फबाट अनुभव सुनाउनुभएको थियो ।

कार्यक्रमको सहजीकरण विद्यार्थि नम्रता बुढाथोकीले गर्नुभएको थियो ।

Facebook Comments