सूर्य बिसी
दाङ । राजनीतिमा सक्रिय युवा जनक सीलाई उत्कृष्ठ पाठक–२०८१ बाट सम्मानित गरिएको छ । अध्ययन मञ्च दाङले अन्तर्राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर बुधबार घोराहीमा उक्त सम्मान प्रदान गरेको हो ।
‘निरन्तर किताब अध्ययन गर्ने, ज्ञानको तिव्र चाहना राख्ने वा भनौँ साँचो अर्थमा किताबलाई माया गर्नेहरु मध्येबाट उत्कृष्ट पाठक छनौट गरि हामीले सम्मानित गर्ने गरेका छौँ ।’ अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीले सुनाए ।
समाजमा किताब पढ्ने चलन बढाउन र पठनमा प्रोत्साहन गर्न अध्ययन मञ्चले विविध कार्यक्रमको आयोजना गरिरहेको बताउँदै बिसीले वार्षिक रुपमा उत्कृष्ट पाठक सम्मान कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
सम्मान ग्रहण पछि संक्षिप्त मन्तव्य राख्दै जनक सीले भन्नुभयो, ‘किताब पढ्न थालेको त्यस्तै एक डेढ वर्ष भयो होला तर लत यस्तो बस्न पुगेछ कि कतै अलिकति समय खाली बस्नुपरे किताबकै याद आउछ । यात्रामा साथै लिएर गएको पुस्तक पढेर सकियो भने अर्काे किताबको अभाव खड्किन्छ ।’
सर्बाेदय पुस्तकालय तथा वाचनालयका मधुसूदन गौतमको अध्यक्षता एवं भाषा आयोगका सदस्य डा. अमर गिरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
