• २४ असार २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
नायक पल शाहको प्रस्तुति आज घोराहीमा, सांस्कृतिक कार्यक्रम साँझ ८ बजेसम्म




दाङ, १ बैशाख – दाङ सोसाइटी क्लबको १६ औं वार्षिक उत्सवको अवसरमा सञ्चालित प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला अन्तर्गत आज विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुँदैछ। कार्यक्रम दिउँसो ४ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ।

“खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार” भन्ने नारासहित सुरु भएको मेलामा चर्चित अभिनेता पल शाहको विशेष प्रस्तुति आकर्षणको केन्द्र बन्नेछ। क्लबका अध्यक्ष लेखनाथ बुढाथोकीले अभिनेता शाहको प्रस्तुति साँझ ८ बजेसम्म जारी रहने जानकारी दिनुभयो।

पल शाहसँगै सांस्कृतिक कार्यक्रममा लोकगायक कमल गाउले, प्रेम शर्मा, सन्दीप सेन्चुरी, सुदन थापा, ममता थापा, निशा गिरि, डिला घरच्वार र युनिस घिमिरेले पनि प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ।

मेलामा प्रवेशका लागि सर्वसाधारणको प्रवेश शुल्क रु १ सय, विद्यार्थीका लागि रु ५० तोकिएको छ भने जेष्ठ नागरिक, अपांग व्यक्ति र पाँच वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको क्लबका महासचिव कुलराज पोख्रेलले जानकारी दिनुभयो।

 

Facebook Comments