• १ चैत्र २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गणले मनायो १५ औँ स्थापना दिवस




शिवु खनाल
देउखुरी। सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुनखोलाले १५ औँ स्थापना दिवस सोमबार लमहीमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

विभिन्न विधामा उत्कृष्ट प्रहरी अधिकृत तथा जवानहरूलाई सम्मान, विविध सांस्कृतिक प्रस्तुति र नयाँ वर्ष २०८२ सालको शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाइएको थियो।

सशस्त्र प्रहरी बल नेपाल नं. ५ बाहिनी मुख्यालय लुम्बिनी प्रदेशका बाहिनिपति सशस्त्र प्रहरी नायव महानिरिक्षक प्रदिप कुमार पलले परिवर्तित सन्दर्भमा चुनौती पनि थपिँदै जाने भन्दै सशस्त्र प्रहरी जस्तोसुकै अवस्थामा पनि विचलित नभई सुम्पिएको दायित्वमा खरो उत्रिनुपर्नेमा जोड दिनुभयो । उहाँले कर्तव्य पालनाको सिलसिलमा घाईते तथा अंगभंग भएका सशस्त्र प्रहरी कर्मचारीहरुको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो ।

स्थापना दिवसका अवसरमा कार्यक्रममा बोल्दै बाहिनिपति सशस्त्र प्रहरी नायव महानिरिक्षक प्रदिप कुमार पलले सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमलाई निरन्तरता दिई थप रचनात्मक र भावनात्मक सहयोगका कार्यक्रमहरु संचालन गर्दै आईरहेको चर्चा गर्दै अन्तर्राष्ट्रिय सीमा जोडिएका जिल्लाका स्थानीय सर्वसाधारणहरुलाई जिम्मेवार र जवाफदेही बनाउँदै सशस्त्र प्रहरीसँगको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै लैजाने बताउनुभयो । उहाँले प्राप्त उपलब्धिको रक्षा गर्दै आगामी दिनमा संगठनलाई अझ प्रभावकारी तुल्याउनका लागि उत्साहका साथ कर्तव्य पथमा लाग्न निर्देशन दिनुभयो ।

कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालले विपत्, सीमा रक्षालगायतका काममा सशस्त्र प्रहरी बलको भूमिका उल्लेखनीय रहेको बताउनुभयो । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले देशमा विभिन्न कालखण्डमा आइपरेका विपत्, सीमा सुरक्षा लगायतका चुनौतीमा सशस्त्र प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

यता सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुनखोलाका प्रमुख गुनराज न्यौपानेले हामीले हिम्मत गरे गर्न नसक्ने भन्ने केही पनि हुँदैन सामुहिक प्रतिवद्धता नै हामी सबैको ठुलो शक्ति भएको बताउनुभयो । उहाँले व्यक्तिको जित भएर संगठनको हार भए व्यक्ति हावी भई संगठनको प्रगती नहुने बताउदै अभाव र सिमिताको बीच पनि संविधान र मातृभूमिको सुरक्षार्थ अनुकुलतामा नरमाई प्रतिकुलतामा लडेर कर्तव्य निर्वाहमा लाग्नुपर्ने बताउनुभयो । उहाँले हामीले चेनअफ कमाण्डको मर्मलाई कायम राखी संगठनमा निष्ठानवान, आर्थिक अनुशासन, ईथिकल गभरमेन्टको दृष्टान्तको स्थापना होस भन्ने हाम्रो सोच, सदिक्षा र मान्यतालाई सबैको साथ र सहयोगले पुरा गर्नुपर्ने बताउनुभयो।

त्यसैगरी सशस्त्र प्रहरी बल नेपालले आफ्नो जिम्मेवारी पूर्वक अवधिमा सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व, भन्सार र औद्योगिक सुरक्षा तथा विपद् व्यवस्थापनमा आफूलाई क्रियाशील बनाएको प्रति अजम्मरी सामुदायिक वन उभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले प्रसंसा गर्नुभयो।

कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगी, सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुनखोलाका प्रमुख गुनराज न्यौपाने लगायतले बोल्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुनखोलाका सशस्त्र प्रहरी निरीक्षक सन्तोष डाँगिले गर्नुभएको थियो।

Facebook Comments