• २७ जेष्ठ २०८३, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराही–तुलसीपुर सडकमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु




घोराही । दाङमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–६ निवासी अन्दाजी २२ बर्षीय बिवेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार घोराहीबाट तुलसीपुरतर्फ आउदै गरेको रा ८ प ३४१ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको रा २ प ६१६३ नम्बरको मोटरसाइकल घोराही–१६ गुर्जेखोला नजिकै आज बिहान साढे ५ बजेको समयमा एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी रा ८ प ३४१ नम्बरका मोटरसाइकल चालक सुवेदीको मृत्यु भएको हो भने रा २ प ६१६३ नम्बरको मोटरसाइकल चालक घोराही–११ निवासी ३४ बर्षीय विनोद बस्नेत गम्भिर घाइते भएका छन् । उनको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतक सुवेदी घोराहीबाट प्रकाशित नयाँ युगबोध राष्ट्रिय दैनिकलगाएतका पत्रिका तुलसीपुरसम्म ल्याउने काम गर्दै आउनुभएको थियो । आज पनी बिहानै पत्रिका लिएर तुलसीपुर आउने क्रममा उहाँ दुर्घटनामा परेको बताइएको छ ।

Facebook Comments