लमही। देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई २१८ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा २१७ रन बनायो। टोलीका लागि भिम सार्कीले उत्कृष्ट प्रदर्शन गर्दै १२६ बलमा ८९ रन बनाए, जसमा ४ चौका सामेल थिए। त्यसैगरी, सन्तोष कार्कीले ५३ बलमा ३३ रन ३ चौका प्रहार गरेको थियो भने कुशल मल्लले २० बलमा २ छक्का सहित २४ रन जोड्न सफल भएका थिय ।
मधेश प्रदेशका बलर कमल गुप्ताले १० ओभरमा १ मेडन राख्दै २२ रन खर्चेर २ विकेट लिए भने रुपेस सिंहले ७ ओभरमा १ मेडन राख्दै ३९ रन खर्चेर २ विकेट लिए।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
