मधुसूदन गिरी
कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिका-३, मुलाबारीस्थित माध्यमिक विद्यालय भेडाँबारी मुलाबारी मा बालबालिकासँग सम्बन्धित आधारभूत सुरक्षा तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय, दाङ को आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्रीबहादुर राना को अध्यक्षतामा सम्पन्न भएको थियो। प्रशिक्षणका क्रममा विद्यालयका विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई साइबर अपराध, लागुऔषध दुर्व्यसन, समाजमा फैलिँदै गएको विकृति तथा अन्य सुरक्षासम्बन्धी महत्वपूर्ण विषयहरू मा जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख प्रशिक्षक प्रहरी निरीक्षक रामकुमार केसी ले पछिल्लो समय लागुऔषध दुर्व्यसन तथा साइबर अपराधका घटनाहरू बढ्दै गएकाले सचेतना आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, दाङ का प्रहरी निरीक्षक तुलबहादुर बिक, प्रहरी चौकी रामपुरका मोहन केसी, रेमन दर्लामी, विनोद आचार्य, विद्यालयका प्रधानाध्यापक खगराज लम्साल, शिक्षक अभिभावक संघका अध्यक्ष सुरेन्द्रप्रसाद लम्साल, विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक प्रकाश खनाल ले गर्नुभएको थियो।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।