• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्र.अ. दुर्व्यवहारप्रति नेकपा (विप्लव) निकट अखिल नेपाल शिक्षक संगठनको आपत्ति




दाङ। दाङ जिल्लाको घोराही उपमहानगरपालिका-१४, स्थित शुभ प्रभात माध्यमिक विद्यालयमा प्रधानाध्यापक रुद्र बुढाथोकी माथि भएको दुर्व्यवहार प्रति नेकपा (विप्लव) निकट अखिल नेपाल शिक्षक संगठन, जिल्ला समिति दाङले एक प्रेस विज्ञप्ति मार्फत गम्भीर आपत्ति जनाएको छ।

संगठनद्वारा जारी गरिएको प्रेस विज्ञप्ति अनुसार, उक्त विद्यालयमा २०८१ फाल्गुन २८ गते विद्यालय प्रशासनसँग असहमति राख्दै केही व्यक्तिहरूले प्रधानाध्यापकलाई अपमानजनक व्यवहार गरेका थिए। घटनामा संलग्नहरूद्वारा गम्भीर दुर्व्यवहार भएको भन्दै संगठनले यसलाई सम्पूर्ण शिक्षण पेशा माथिको अपमानका रूपमा व्याख्या गरेको छ।

शिक्षकहरू समाजका मार्गदर्शक भएकोले तिनको सम्मान हुनुपर्नेमा, यस प्रकारका घटनाहरूले शिक्षण वातावरणलाई नकारात्मक असर पार्ने संगठनको ठहर छ। संगठनले दोषीलाई कानूनी कारबाही गर्न माग गर्दै विद्यालयको शान्ति सुव्यवस्था कायम राख्न प्रशासन तथा सम्बन्धित निकायलाई विशेष ध्यान दिन आग्रह गरेको छ।

संगठनले विद्यालयमा शिक्षण-शिक्षण प्रक्रियालाई सहज बनाउँदै, शिक्षक तथा विद्यालय कर्मचारीहरूको सुरक्षाका लागि चाँडो कदम चाल्न सम्बन्धित पक्षलाई सचेत गराएको छ।
विज्ञप्तिकाे पूर्ण पाठ:

Facebook Comments