• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
यस वर्ष दाङबाट १४ हजार २५४ विद्यार्थीले एसइई दिँदै




दाङ । दाङबाट यसवर्ष १४ हजार २५४ जना विद्यार्थीले एसईई परीक्षा दिने भएका छन् ।

जसमध्ये छ हजार ७६६ छात्र र सात हजार ४८८ जना छात्रा रहेका छन् । यो संंख्या गत वर्षको तुलनामा एक हजार ३५६ बढी भएको शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत तिलकराम बञ्जाडेले बताए । गत वर्ष जिल्लामा १२ हजार ८९८ जना विद्यार्थीले एसईई दिएका थिए ।

शाखा अधिकृत बञ्जाडेका अनुसार यस वर्ष एसईईमा सहभागी कूल विद्यार्थीमध्ये नियमिमतर्फ पाँच हजार ५८१ छात्र र पाँच हजार ९६५ छात्रा गरेर ११ हजार ५४६ जना, प्राविधिक धारतर्फ छात्र १८२ जना र छात्रा १६८ जना गरेर जम्मा ३५० जना, ग्रेडवृद्धि समूह साधारणतर्फ छात्र ९९३ जना र छात्रा एक हजार ३३७ गरेर जम्मा दुई हजार ३३० जना र ग्रेडवृद्धि प्राविधिकतर्फ छात्र १० जना र छात्रा १८ जना गरेर २८ जना विद्यार्थी रहेका छन् ।

त्यस्तै यस वर्ष पाँच जना दृष्टिविहीन विद्यार्थीले एसईई दिदै छन् । जसमा तुलसीपुरमा रहेको स्रोत कक्षा गुरु जजुर माध्यमिक विद्यालयबाट तीन जना छात्र र एक जना छात्रा गरेर चार जना र आदर्श माध्यमिक विद्यालय लालमटियाबाट एक जना छात्र एसईई परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

जिल्लामा एसईईका लागि ४७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । यो वर्षको एसईई आगामी चैत ७ गतेदेखि शुरु हुदैछ ।

Facebook Comments