• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङ उवासंघको ५५औं स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइने




दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आफ्नो स्थापना भएको ५५ वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ। स्थापना दिवसका अवसरमा फुटबल प्रतियोगिता, स्लो मोटरसाइकल तथा स्कुटी प्रतियोगिता, हाजिरीजवाफ, वक्तृत्वकला, ब्याडमिन्टन, कुर्सी दौड, दौड र बोरा दौडजस्ता खेलकुद तथा बौद्धिक प्रतियोगिताहरू सञ्चालन गरिनेछ।

संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा मंगलबार बसेको बैठकले कार्यक्रम तय गरेको हो। बैठकले प्रतियोगिताहरूको सफल सञ्चालनका लागि विभिन्न उपसमिति पनि गठन गरेको छ।

फुटबल प्रतियोगिताका लागि विक्रम राना, पुष्कर न्यौपाने र रुद्र शर्मा जैसी सदस्य रहेको उपसमिति गठन गरिएको छ। स्लो बाइक तथा स्कुटी प्रतियोगिताको जिम्मेवारी लिला नेपाली दिइएको छ। हाजिरीजवाफ प्रतियोगिताका लागि विष्णुप्रसाद रिजाल र सुरज बुढाथोकी, ब्याडमिन्टन प्रतियोगिताका लागि नोर्बु तामाङ , कुर्सी दौडका लागि दीपक पण्डित, दौडका लागि रामप्रसाद पोख्रेल तथा बोरा दौडका लागि निम बहादुर बुढाथोकी र वक्तृत्वकलाको लागि युवराज पोख्रेलको संयोजनमा उपसमिति गठन गरिएको छ।

संघका महासचिव महेन्द्र बुढाथोकीका अनुसार, बैठकले २०औं साधारणसभा आगामी चैत १६ गते गर्ने निर्णय पनि गरेको छ। साधारणसभाका लागि अतिथि सत्कार समितिमा निवर्तमान अध्यक्ष टंकसिंह बुढाथोकी, मायाको चिनो तथा मञ्च व्यवस्थापनका लागि सचिव विकास वली र २०८२ सालको भित्तेपात्रो प्रकाशन समितिमा सहकोषाध्यक्ष माधव खनाल संयोजक रहने गरी नोर्वु लामा, दीपक पण्डित, युवराज पोख्रेल र विष्णुप्रसाद रिजाल सदस्य रहेको समिति गठन गरिएको छ।

प्रतियोगितामा सहभागी हुन चाहनेले नवीकरण गरिएको प्रमाणपत्रको फोटोप्रति अनिवार्य रूपमा पेश गर्नुपर्ने संघले जनाएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना २०२७ सालमा भएको थियो, र यस वर्षको स्थापना दिवस आगामी चैत ९ गते दीप प्रज्वलन गरि मनाउने संघका सचीव विकास वलीले जानकारी दिनु भयो

Facebook Comments