• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सानी अम्वापुरका विद्यार्थीलाई लायन्स क्लबको शैक्षिक सामग्री




घोराही । घोराही उपमहानगरपालिका–१६, सानी अम्वापुरस्थित आधारभूत विद्यालयका विद्यार्थीलाई लायन्स क्लब राप्ती इञ्जिनियरिङले शैक्षिक सामग्री प्रदान गरेको छ।

लायन्स क्लब राप्ती इञ्जिनियरिङका अध्यक्ष कर्ण पुनको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयका करिब ७० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै, विद्यालयलाई दुई थान भलिबल र एउटा घडी पनि प्रदान गरिएको थियो।

कार्यक्रममा घोराही उपमहानगरपालिका–१६ का वडाध्यक्ष ताराबहादुर डिसी, राप्ती इञ्जिनियरिङ कलेजका अध्यक्ष डा. शैलेन्द्र गिरी, लायन्स क्लबका पूर्व अध्यक्षहरू मधुसुदन बैद्य र रेशम गिरी लगायतले सामग्रीहरू विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद डिसी तथा विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको थियो।

लायन्स क्लब राप्ती इञ्जिनियरिङले तीन वर्षदेखि सो विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै आएको छ। संस्थापक अध्यक्ष तथा पूर्व एरिया चिफ डा. भीमसेन गिरीले विद्यालयमा निरन्तर रूपमा शैक्षिक सामग्री वितरण गर्ने उद्देश्यबारे जानकारी गराउनुभयो।

कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

Facebook Comments