घोराही। आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि दाङका सबै क्याम्पसमा विद्यार्थी संगठनहरूबीच सहमति कायम गरिएको छ। जिल्लाका १९ क्याम्पसहरूमा विभिन्न विद्यार्थी संघ-संगठनहरूले आपसी सहमतिको आधारमा भागवण्डा गरी निर्वाचनमा सहभागी भएका छन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ)का जिल्ला अध्यक्ष कुलराज पोख्रेलका अनुसार जिल्लाका १९ क्याम्पसमध्ये महेन्द्र बहुमुखी क्याम्पससहित ७ वटामा नेविसंघ, ५ वटामा अनेरास्ववियु, ४ वटामा अखिल क्रान्तिकारी, २ वटामा अखिल समाजवादी तथा १ क्याम्पसमा राप्रपा निकट विद्यार्थी संगठनले नेतृत्व पाउने गरी सहमति कायम गरिएको छ।
विद्यार्थी संगठनहरूबीच सहमति भएपछि आवश्यक पदाधिकारी तथा सदस्यहरूको मात्रै मनोनयन गरिएको छ। दाङका क्याम्पसहरूमा सहमतिमूलक निर्वाचन भएपछि विद्यार्थी राजनीतिमा सहकार्यको नयाँ अभ्यास भएको बताइन्छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
