दाङ। होली पर्वको अवसरमा दाङको घोराहीस्थित होटल दाङ फन भ्याली प्रा. लि. मा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ। यस सम्बन्धमा मंगलबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो।
चैत्र १ गते शुक्रबार होलीको उल्लासलाई थप रोमाञ्चक बनाउन आयोजना गरिने यस कार्यक्रममा राष्ट्रिय लोकप्रिय गायक रमेशराज भट्टराई, मोडेल आशा विश्वकर्मा, गायक तथा कार्यक्रम उद्घोषक कोश खड्का, र स्थानीय कलाकार ममता केसी, इशुका चौधरी लगायतको प्रस्तुति रहने होटल संचालक समितिका अध्यक्ष मिनराज घिमिरेले जानकारी दिनुभयो।
होटलका म्यानेजिङ डाइरेक्टर नरेशकुमार श्रेष्ठका अनुसार, दाङका संगीतप्रेमीहरूलाई लक्षित गर्दै आयोजना गरिने यो कार्यक्रममा दर्शकहरूले प्रत्यक्ष लाइभ प्रस्तुति, डिजे, रंगको मजा, रमाइलो मनोरञ्जन तथा स्विमिङ पुलको अनुभव गर्न सक्नेछन्।
स्थानीय र राष्ट्रिय कलाकारहरूको सहभागिता रहने भएकाले कार्यक्रमलाई थप आकर्षक बनाउन विशेष प्रविधि र व्यवस्थापनको तयारी गरिएको छ। म्यानेजिङ डाइरेक्टर श्रेष्ठले भन्नुभयो, “दर्शकहरूको सुरक्षाका लागि १५ सय टिकट मात्र बिक्री गरिने र सहजता र मनोरञ्जन सुनिश्चित गर्न विशेष योजना बनाइएको छ।”
होली पर्वको अवसरमा सांगीतिक रमाइलोसँगै दाङका स्थानीय व्यवसाय, पर्यटन प्रवर्द्धन र सांस्कृतिक माहोल सिर्जना गर्न यो कार्यक्रम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ। आयोजकहरूले कार्यक्रममा परिवारसहित सहभागी भई होली पर्वको रमाइलो गर्ने अनुरोध गरेका छन्।
होटल दाङ फन भ्याली प्रा. लि. ले विगत २ वर्षदेखि लगातार होली विशेष कार्यक्रम गर्दै आएको छ र यस वर्ष पनि सोही क्रममा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रवेशका लागि रु. ७ सय शुल्क लाग्ने आयोजकले जानकारी दिएका छन्।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।