• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विपद् व्यवस्थापन तथा खोज उद्धारसम्बन्धी नमूना अभ्यास




घोराही । घोराही उपमहानगरपालिकाले पानीजन्य क्षेत्रमा आईपर्ने विपद्लाई व्यवस्थापन, खोज तथा उद्धार गर्ने विषयमा नमूना अभ्यास गरेको छ । उपमहानगरको बाताबरण तथा विपद् व्यवस्थापन महाशाखाले विभिन्न सुरक्षा निकायका तालिम प्राप्त जनशक्तिहरु मार्फत विपद् व्यवस्थापन, खोज तथा उद्धार सम्बन्धी नमूना अभ्यास गरेको हो ।

 

घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने चेपे जलाशयमा नेपाली सेनाको रणसिंह दल घोराही, शसस्त्र प्रहरी वल नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाई गण भालुबाङ, जिल्ला प्रहरी कार्यालय दाङ, शसस्त्र प्रहरी वल कारागार घोराही र नेपाल रेडक्रस सोसाईटी घोराही उपशाखाको सहकार्यमा विपद् आईपर्दा गर्ने खोज तथा उद्धारको नमूना अभ्यास गरिएको हो । खोला, नदी, तलाउ, पोखरी, जलाशय, बाढी, पहिरोमा परेका मान्छेहरुको कसरी खोजी गर्ने, त्यसपछि उद्धार गरेर अस्पताल पु¥याउन गरिने सहयोग र समन्वयका विषयलाई अभ्यास मार्फत देखाईएको हो ।

 

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले विपद् व्यवस्थापनका लागि सरोकारवाला निकायहरुको सहकार्य र राज्यका निकायहरुमा दक्ष जनशक्ति सँगै स्रोतसाधन युक्त बनाउन आबस्यक रहेको बताउनुभयो । कुनै पनि विपद्बाट हुने क्षतिलाई कम गर्न संघ, प्रदेश र स्थानीय सरकारले आबस्यक स्रोतसाधन र दक्ष जनशक्तिलाई मौसम अनुसार तयारी अबस्थामा राख्नुपर्नेमा जोड दिनुभयो । सकभर विपद् आउन नदिनका लागि अपनाउनु पर्ने साबधानी र रोकथाममा लगानी सँगै सचेतनाका कार्यक्रमलाई स्थानीय सरकारले सुरक्षा निकायहरु सँगको समन्वयमा प्रभावकारी ढंगले नै सञ्चालन गर्दैआएको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा नगर उपप्रमुख हुमाकुमारी डिसीले विपद्लाई साझा प्रयास र कार्यबाट मात्रै व्यवस्थापन गर्न सकिने बताउनुभयो । कुनैपनि विपद्को उचित व्यवस्थापन गर्नका लागि स्थानीय सरकारले आबस्यक स्रोत साधन र जनशक्ति व्यवस्थापनमा सुरक्षा निकाय सँग सदैव समन्वय सहकार्य गर्दै आएको उहाँको भनाई छ ।

 

कार्यक्रममा शसस्त्र प्रहरी वल नेपाल नम्बर २९ गण हेडक्वाटर ज्वालामाई गण भालुबाङका गणपती प्रहरी उपरिक्षक मनोजकुमार धिताल, रणसिंह दल गणका सेनानी सुचित्रा थापाले विपद् व्यवस्थापन, खोज तथा उद्धारका विषयमा एकीकृत प्रयासले नै जनधनको क्षतिलाई न्यूनिकरण गर्न सकिने बताउनुभयो ।

 

त्यस्तै उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बासुदेव आचार्य, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदीले विपद् व्यवस्थापनमा सबैको साझा प्रयास र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक भानसिं बुढाको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण महाशाखाका अधिकृत मदनकुमार वलीले गर्नुभएको थियो ।

Facebook Comments