• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
निःशुल्क स्वास्थ्य शिविरमा तीनसय जनाले सेवा लिए




घोराही । लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीको आयोजनामा तथा बिएस डाएगनोसिस प्रालिको मुख्य प्रायोजनमा घोराही -९ मकुण्डाडामा आयोजित निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । उक्त शिविरमा करीब तीनसय जनाले स्वास्थ्य परीक्षण, ल्याब परीक्षण तथा औषधि वितरण सेवा लिएका छन् ।

 

स्वास्थ्य शिविर लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीका अध्यक्ष लायन चन्द्र प्रकाश खनालको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्दै जेष्ठ नागरिकहरूलाई सम्मानसमेत गरिएको थियो ।

 

शिविरमा स्वास्थ्य परीक्षण गराएका सेवाग्राहीहरूले उच्चस्तरीय सेवा प्राप्त गरेको अनुभव सुनाए । सेवाग्राही बामदेव अधिकारीले भन्नुभयो, ‘निःशुल्क स्वास्थ्य परीक्षण गराउन पाउँदा धेरै खुसी लाग्यो । राम्रो व्यवस्थापनका कारण सेवा सहज रूपमा लिन सक्यौं ।’ अर्का सेवाग्राही मानबहादुर बस्नेतका अनुसार, ‘जाँच तथा औषधि वितरण प्रभावकारी रह्यो । यस्ता शिविरहरू निरन्तर भइरहोस् । सिता शर्मा र जुगुनी चौधरीले पनि शिविरप्रति सकारात्मक प्रतिक्रिया दिँदै आयोजकलाई धन्यवाद दिनुभयो ।

 

स्वास्थ्य शिविरलाई सफल बनाउन लायन्स क्लबका पदाधिकारीहरू, बि.एस. डाएगनोसिसका सञ्चालक डा. प्रकाश सुवेदी तथा शिशिर सुवेदी, आमन्त्रित चिकित्सक डा. रबिन गौतम, डा. सौगात कोइराला, डा. विश्व सुवेदी, डा. ईश्वर पौडेल लगायतको महत्वपूर्ण भूमिका रहेको थियो । साथै, सांग्रिला प्लाई, अम्बिकेश्वरी क्याम्पस, नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङ, नेपाल मसलंद तथा शैक्षिक सामग्री उद्योग संघ दाङ–प्युठान, तामा रेस्टुरेन्ट एण्ड क्याफे, मारिया मोंटेश्वरी टिचर्स ट्रेनिङ इन्स्टिट्युट, भगवती कंक्रीट एण्ड आरएमसी इन्डस्ट्रीज प्रा. लि., शुभलाभ बचत तथा ऋण सहकारी संस्था लि. र सगरमाथा डेण्टल क्लिनिक सह–प्रायोजकका रूपमा रहेका थिए ।

 

लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीका संस्थापक अध्यक्ष लव अधिकारीले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबै पक्षलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्ता सेवा मूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

Facebook Comments