• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राजपुरको सुनपथ्री नाकामा भव्यताका साथ मनाइयो अन्तर्राष्ट्रिय महिला दिवस




श्रवण कुमार यादव
राजपुर। दाङकाे राजपुर गाउँपालिका-७, सुनपथ्री नाकामा एक विशेष कार्यक्रमकाे आयोजना गरि भव्यताका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ।

सबै महिला तथा बालिकाको लागिः अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ विभिन्न खेलकुद कार्यक्रम गरि मनाएको हुन्। सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने गर्दछन्।

राजपुर-७, सुनपथ्री नाकामा गठित श्री शान्ति स्वास्थ्य आमा समूहको आयोजनामा सम्पन्न भएको कार्यक्रममा महिलाहरूको योगदानलाई सम्मान गर्ने, खेलकुद गतिविधिहरू सञ्चालन गर्ने तथा सामाजिक सशक्तिकरणबारे सचेतना जगाउने उद्देश्य राखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि आधारभूत विद्यालय सुनपथ्रीकोे शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण पुनले महिलाहरूको हक, हित तथा समान अवसरको सुनिश्चितताका लागि समाजले थप योगदान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी चौकी भैसाही नाकाका इन्चार्ज दुर्गा चन्द लोहारले- “समाजमा कुनै पनि महिला हिंसाको सिकार नहोउन्। महिला अधिकार दिवस मात्र होइन, हरेक दिन महिलाको सम्मान र सुरक्षाको सुनिश्चितता हुनुपर्छ। तर, अधिकारसँगै महिलाहरूले आफ्नो कर्तव्य पनि बिर्सनुहुँदैन। अधिकार र कर्तव्यको सन्तुलनले मात्र एक न्यायपूर्ण र समतामूलक समाज निर्माण गर्न सक्ने बताउनुभयाे।”

समूहकाे अध्यक्ष देबा कुमारी पुनको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न वक्ताहरुले कार्यक्रम सम्बोधन गर्नुभएको थियोे भने सञ्चालक सचिव तुल्सि गुरुङले महिला सशक्तिकरणका विषयमा प्रकाश पार्दै आमा समूहहरूको भूमिकाबारे चर्चा गर्नुभएकाे थियोे।

Facebook Comments