• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
“भीरको बाटो” माथि विमर्श




सूर्य बिसी
फागुन । गोमा पराजुलीको आत्मकथा भीरको बाटोमाथि दाङको घोराहीमा एक विमर्श सम्पन्न भएको छ ।
अध्ययन मञ्च दाङ र सर्बोदय पुस्तकालय तथा वाचनालयको संयुक्त आयोजनामा शनिबार घोराहीमा उक्त विमर्श भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तब्य राख्नुहुदै वरिष्ठ पत्रकार सुशील गौतमले भन्नुभयो, ” समाज रुपान्तरणका लागि सत्य बोल्न जरुरी छ । र सत्य बोल्ने हिम्मत कमैमा देखिन्छ । भीरको बाटोले सत्य बोलेको महसुस भएको छ ।”

“संघर्ष त धेरैले गरेका हुन्छन् तर गोमा पराजुलीको संघर्ष फगत संघर्ष मात्र नभइ एउटा बिद्रोह पनि हो ।” किताबबारे टिप्पणी गर्दै प्रमोद धितालले भन्नुभयो । उहाँले थप्नुभयो, “स्त्रीलाई उपभोग्य बस्तु ठान्ने मनोबिज्ञान आज पनि समाजमा जिवित छ । त्यसका विरुद्ध ठुलो लडाइँ जरुरी छ ।”
“अझै पनि महिलालाई वास्तविक रुपमा स्वतन्त्रता प्राप्त भएको छैन । महिला मुक्तिका गफ दिने तर अधिकार सम्पन्न बनाइएको छैन । गोमा म्यामले जस्तै तमाम महिलाले बोल्न, लेख्न सक्नुपर्छ ।” अर्की वक्ता लक्ष्मी सुबेदीले भन्नुभयो ।

सानैदेखि स्कुल जाने रहर आफुले ५० वर्षपछि पूरा गरेर आत्मकथा लेख्न सकेको लेखक गोमा पराजुलीको भनाइ थियो ।
कार्यक्रमको अध्यक्षता मञ्चका संयोजक सूर्य बिसीले गर्नुभएको थियो भने कार्यक्रमको संचालन थम्मन बस्नेतले गर्नुभएको थियो ।

Facebook Comments