• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
“वडा भवनले सेवाग्राहीलाई सहज सेवा पुर्‍याउनेछ” : प्रदेशसभा सदस्य  खनाल




कमिरेचौर। बंगलाचुली गाउँपालिका-४ को नवनिर्मित वडा कार्यालय भवन शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ। नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालले उक्त भवनको उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा प्रदेश प्रदेशसभा  सदस्य खनालले वडा कार्यालय भवन निर्माण भएसँगै नागरिकहरूले सहज रूपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, जनप्रतिनिधिहरूलाई जनताको सेवा प्रभावकारी बनाउन विशेष ध्यान दिन आग्रह गर्नुभयो।

कार्यक्रमका अध्यक्ष एंव बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले विगतका वर्षमा पालिकामा विभिन्न पूर्वाधार निर्माण कार्य सम्पन्न भएको उल्लेख गर्दै, आगामी दिनमा पनि पालिकाको समग्र विकासमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका विशिष्ट अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर जिसीले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्यसम्पादन प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै, नवनिर्मित भवनबाट सेवाग्राहीहरूले सहज रूपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ (क) का कोषाध्यक्ष नारायण प्रसाद भण्डारी, नेपाली कांग्रेस बंगलाचुलीका सभापति जागेश्वर अधिकारी, नेकपा (एमाले) का प्रतिनिधि सुशील परियार, नेकपा (माओवादी केन्द्र) बंगलाचुलीका अध्यक्ष सबिराम कामी, वडा नम्बर २ का अध्यक्ष मैते पुन, वडा नम्बर ४ का अध्यक्ष डास बहादुर डाँगी, वडा नम्बर ६ का अध्यक्ष डोम बहादुर केसी लगायतको उपस्थिति रहेको थियो।

करीब ३९ लाख ४० हजार रुपैयाँ लागतमा निर्माण गरिएको ५ कोठे भवन जिपीओ कन्स्ट्रक्सन प्रालीले करिब ८ महिनामा निर्माण सम्पन्न गरेको वडा अध्यक्ष डास बहादुर डाँगीले जानकारी दिनुभयो।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण प्रशासन शाखाका प्रमुख गोपाल केसीले गर्नुभएको थियो।

Facebook Comments